Sep 26, 2023

स्ववियुको निर्वाचन आगामी फागुन १४ गते, निर्वाचनको कार्यतालिका सहित

Jan 28 , 2017

माघ १५, काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन आगामी फागुन १४ गते हुने निश्चित भएको छ ।

८ वर्ष सम्म हुन नसकेको स्ववियु निर्वाचन त्रिभुवन विश्वविद्यालयले यस वर्ष हुने निश्चित गरेको हो । निर्वाचनका लागि त्रिविले फागुन १ गतेदेखि सुरु हुने गरी आज निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरेको छ ।
निर्वाचन तालिका :
(क) फागुन १ गते मतदाताको नाम प्रकाशित,
(ख) फागुन ४ गते उम्मेदवारलाई मनोयन पत्र वितरण,
(ग) फागुन ५ गते बिहान ११ बजेदेखि ३ बजेसम्म प्रत्यक्ष र समानुपातिकका उम्मेदवारको नामावली दाखिल गर्ने, साथै ५ बजे प्रत्यक्ष तर्फको उम्मेदवारको नामवली प्रकाशित
(घ) फागुन ६ गते उम्मेदवारको नामवली उपर दावी विरोध गर्ने साथै साँझ ५ बजे उम्मेदवारको दाबी विरोध उपर छानबिन गरी अन्तिम नामवली प्रकाशित गर्ने,
(ङ) फागुन ८ गते दिउँसो ३ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने, साथै ४ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने र
(च) फागुन १४ गते मतदान हुने ।
त्रिविले निर्वाचनलाई ध्यानमा राखेर अहिले त्रिविका सबै क्याम्पसमा स्नातक र स्नातकोत्तर तहको प्रथम वर्षको भर्ना पनि बन्द गरेको त्रिविका विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका कार्यकारी निर्देशक गंगाबहादुर थापाले बताउनुभयो ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!