Sep 26, 2023

आयोजक टि.आइ.ए. १२ औं टिआइए कपको फाइनलमा

Dec 28 , 2016

पुस १३, काठमाडौं । टिआइए र एचएचसिए स्कुल १२ औं टिआइए कपको फाइनलमा प्रवेश गरेका छन् ।

बुधबार भएको छात्रतर्फको सेमिफाइनल खेलमा आयोजक टिआइएले भ्याली पब्लिकलाई ४७–४५ र एचएचसिएले स्काइलार्कलाई ५३–४५ ले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

टिआइएको जितका लागि सलिन शेरचनले सर्वोत्कृट १६ अंक जोडे भने एचएचसिएको जितका लागि राज कुमारले सर्वोत्कृष्ट १५ अंक जोडे ।

त्यस्तै, आजै भएको छात्रातर्फको सेमिफाइनल खेलमा भ्याली पब्लिक र बाबा फाइनलमा प्रवेश गरेका छन् ।

भ्याली पब्लिकले होली भिजनलाई २४–१३ र बाबाले चान्दबाघलाई १९–१८ ले हराउँदै फाइनल प्रवेश गरेको हो । बाबाको जितका लागि सोनी शेर्पाले सर्वोत्कृष्ट १२ अंक जोडिन भने भ्याली पब्लिकका निलम शेर्पाले सर्वोत्कृष्ट अंक जोडिन ।

विजयी टिआइए(छात्र)ले पुस १७ गते आइतवार हुने फाइनल खेलमा एचएचसिएसँग र छात्रातर्फ बाबाले भ्याली पब्लिकसँग प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा प्रथम र दोस्रो हुने टिमले क्रमशः शिल्ड, मेडल र प्रमाणपत्र पाउने आयोजक टि.आइ.ए.ले जनाएको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!