Sep 25, 2023

पप सुपरस्टार माइकलको निधन

Dec 27 , 2016

पुस १२, २०७३ । मखमली स्वरका धनी जर्र्ज माइकलको आफ्नै निवासमा आइतबार निधन भएको छ ।

बेलायती गायक माइकललाई दिउँसो ओछ्यानमा सुतेको अवस्थामा मृत भेटिएको हो । प्रहरीका अनुशार गायक माइकलको ५३ वर्षको उमेरमा निधन भएको छ । उमेरको अनुपातमा माइकलको निधन अप्रत्यासित नै छ तर शंकास्पद भने छैन ।

त्यस्तै गायकका प्रवक्ता कोनी फिलिप्पेलोले पनि संसारभर क्रिसमस मनाइरहँदा हाम्रा प्रिय छोरा, भाइ जर्जले आफ्नै घरबाट अन्तिम बिदा लिएको खबर अहिले सुनाउनुपर्दा अत्यन्तै दुख लागेको बताएका छन् । गायकका म्यानजरले पनि माइकलको निधन हृदयघातबाट हुन सक्ने बताएका छन् ।

गायक माइकल हाम नामक ब्यान्डबाट निकालेको गीत ‘वेक मी अप बिफोर यु गो–गो’बाट चर्चाको शिखरमा आएका थिए । पप सांगीतिक क्षेत्रमा झन्डै दुई दशक एकछत्र राज गरेका माइकलले एन्ड्रयु रिगेलीसँग मिलेर हाम ब्यान्ड खोलेका थिए ।

माइकलले केयरलेस ह्वीस्पर, फादर फिंगर, जिसस टु अ चाइल्ड, फेथलगायतका गीतबाट चर्चा कमाएका थिए ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!