कालिकोटमा रोकिएको बस अचानक गुडेपछि
Dec 27 , 2016

पुस १२ कालिकोट । कालिकोटको मान्ममा स्टार्ट गरेर रोकेको बस अचानक गुडेर निर्माणाधिन घरमा ठोक्किदा बसमा सवार ११ जना घाइते भएका छन् ।
पुरानो बसपार्कमा रोकिएको सो बस आज बिहान ६ बजेर १५ मिनेट जाँदा अचानक गुडेको थियो ।
घाइते भएका सबैको अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ ।