Sep 28, 2023

आयोजक टिआइए १२ औं टिआइए कपको क्वाटरफाइनलमा

Dec 26 , 2016


पुस ११, काठमाडौं । १२ औं टिआइए अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आयोजक टिआइए को छात्र र छात्रा दुवै टोली क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

सोमबार भएको छात्रतर्फको खेलमा आयोजक टिआइएले स्काई लार्कलाई ५१–३७ ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो । टिआइएको जितका लागि अतुल थापाले सर्वाधिक २४ अंक जोडे ।

त्यस्तै छात्रातर्पmको खेलमा आयोजक टिआइए लोयल्टी स्कुलसंग १८–१७ ले पराजित भयो । तर यो हारमा पनि टिआइए अन्तिम आठमा प्रवेश गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । यो जितमा विन्दु लिम्बुले ६ अंक जोडिन ।

आजै भएको छात्रतर्फको अन्य खेलमा ग्रिनल्याण्डले अमरलाई ४५–१०ले हराएको छ । ग्रिनल्याण्डका आशिष श्रेष्ठले २० अंक जोडेपछि अमर सजिलै पराजित हुन पुगेको हो । त्यस्तै ज्ञान निकेतनले पनि चान्दबागलाई २७–१८ले पराजित ग¥यो ।

प्रतियोगिताअन्तर्गत मंगलबार हुने क्वाटरफाइनलमा छात्रतर्फ एचएचसिए र ज्ञान निकेतन, ग्रिनल्याण्ड र स्काई लार्क, भ्याली पब्लिक र बुद्ध एकेडेमी, टिआइए र एन्जल हार्ट त्यस्तै छात्रातर्फ भ्याली पब्लिक र भद्रकाली, चान्दबाग र इडन ब्रिज, मल्पी र टिआइए, बाबा बोर्डिङ र लोयल्टीबिच प्रतिस्पर्धा हुने आयोजक टिआइएले जनाएको छ ।