Sep 26, 2023

१२ औं टि.आइ.ए. कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रवारदेखि

Dec 21 , 2016

पुस ६, काठमाडौं । काठमाडौंको हात्तिगौडामा रहेको ठुङरम इन्टरनेशनल एकेडेमी उच्च मा.वि (टि.आइ.ए)ले पुस ८ गतेबाट बा¥हौं टि.आइ.ए. कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

खेलको विकास र विस्तारमा थप टेवा पुगोस् भन्ने उद्देश्यले विगत ११ वर्षदेखि इन्टर स्कुल टि.आइ.ए. कप बास्केटबल छात्र, छात्रा समूहको प्रतियोगिता सञ्चालन गर्दै आएकोमा यस वर्ष पनि सो प्रतियोगिता गर्न लागेको हो । शुक्रवारदेखि आयोजना हुन लागेको सो प्रतियोगितामा विहान ९ बजे विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री कर्मा छिरिङ शेर्पाले खेलको उद्घाटन गर्नुहुनेछ ।

प्रतियोगिताअन्तर्गत छात्र/छात्रा र स्टाफ गरी तीन समूहका खेलहरु समावेश गरिएको छ । छात्र /छात्रा दुवै समूह तर्फ ४/४ समूहमा र स्टाफतर्फ २ समूहमा विभाजन गरी लिग चरणका खेलहरु हुनेछन् । जसमा छात्रतर्फ १६ टिम, छात्रातर्फ १२ टिम साथै स्टाफतर्फ ६ टिमले सहभागिता जनाउनेछन् ।

संसारका युवा तथा विद्यार्थीहरुका बिच अति लोकप्रिय खेल बास्केटबल दिनानुदिन नेपालमा विशेष गरी विद्यालय तथा कलेज स्तरका विद्यार्थीहरुमा लोकप्रिय बन्दै गइरहेको अवस्थामा टि.आइ.ए.ले “एजुकेशन एन्ड स्पोट्स मस्ट गो टुगेदर” भन्ने नारालाई चरितार्थ गर्ने उद्देश्यले विद्यार्थीहरुलाई शिक्षाका साथसाथै विभिन्न खेलहरुको प्रशिक्षण दिँदै आइरहेको छ ।

सो प्रतियोगितालाई राष्ट्रियस्तरका रेफ्रिहरुद्धारा खेल सञ्चालन हुने  साथै प्रथम र दोस्रो हुने टिमले शिल्ड, मेडल, र प्रमाणपत्र पाउने आयोजक टि.आइ. ए.ले जनाएको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!