Mar 17, 2023

टर्कीमा रसियन राजदूत आंद्रे कार्लोभको हत्या किन भयो ?

Dec 20 , 2016

पुस ५, २०७३  । टर्कीमा  रसियन राजदूत आंद्रे कार्लोभको हत्यापछि अहिले विभिन्न प्रश्न उठिरहेको छ की आखिर यो हत्याको कारण के हुनसक्छ ?

अंकारास्थित राजदूत कार्लोभ फोटो एक्जिकिसनान सहभागी भई भाषण गरिरहेको समयमा २२ वर्षका मेवलुत मेर्त एडिन्टासले राजदूत कार्लोभमाथि गोली चलाए ।

राजदूत कार्लोभको उपचारको क्रममा मृत्यु भयो । अधिकारीका अनुशार गोली चलाउने व्यक्ति कालो सुट र टाईमा सजिएर आएका थिए ।
सीरियामा चलिरहेको गृह युद्धमा रुसले सीरियाई राष्ट्रपति बशर–अल–असदलाई अहिले साथ दिएका छन् । यसप्रकारले पनि रुसले सीरियाई विद्रोहीको विरुद्धमा कारवाही गर्दै आएको छ ।

  • राजदूत कार्लोभको को हत्यामा अधिकारीको अनुमान :
    रुसको यो समर्थनलाई लिएर टर्कीमा यो भन्दा अघि विरोध प्रर्दशन भएता पनि अधिकारीका अनुशार “सो हमलामा एडिन्टासले व्यक्तिगत तवरले पनि यो घटना घटाएको हुन सक्छ, तर यो पनि हुन सक्छ की हमलाकारी रुसले सीरियामा गरिरहेको कारवाहीप्रति निराश भएकाहरुको समर्थक थिए ।

 

  • टर्की र रुसबिच द्धन्द :
    अघिल्लो वर्षमा टर्कीमा रुसको एउटा लडाँकु विमान आफ्नो हवाइक्षेत्रमा खसालेको थियो ।

टर्कीले सो विमान आफ्नो हवाई क्षेत्रमा आउँदा आफ्नो हवाई क्षेत्रको उलङ्घन भएको बताउँदै आएको थियो ।

 

  • टर्की र रुसबिच सम्बन्ध सुधार :
    तथापी, यो घटनापश्चात् टर्की र रुसको आपसबिच कुनै पनि हमलाबाट बच्नका लागि प्रयासरत थिए र आपसमा सम्बन्ध सामान्य बनाउनका लागि पनि प्रयासरत नै थिए । तर अब रुसी राजदूत आंद्रे कार्लोभको हत्यापश्चात् सायद नै यो प्रयास सफल हुनसक्छ ।

 

त्यस्तै, सीरियालाई समर्थन दिएपश्चात् रुस र टर्कीबिचको सम्बन्धमा केही तनाव हुन सुरु भइसकेको छ । सीरियाई गृह युद्धमा       अहिले सम्ममा आधा भन्दा बढी सीरियाइ मानिसहरु विस्थापित भइसकेको छन् ।  एजेन्सी ।