Sep 26, 2023

संसोधन प्रस्ताव फिर्ता नलिए प्रधानमन्त्री प्रचण्डको हविगत कटुवाल प्रकरण जस्तै हुने– एमाले नेता पोख्रेल

Dec 19 , 2016

पुस ४, घोराही । नेकपा एमालेका नेता शंकर पोख्रेलले सरकारले संविधान संसोधन प्रस्ताव फिर्ता नलिए प्रधानमन्त्री प्रचण्डको हविगत कटुवाल प्रकरण जस्तै हुने चेतावनी दिनुभएको छ ।

“हामीसँग अहिले २ सय मत छ,  –सरकारमा सहभागी  दलका नेताहरु नै विपक्षमा मत हाल्ने भन्दै हुनुहुन्छ, त्यसैले पनि हामी                     अहिले यो अवस्थामा विधिसम्वत तरीकाले प्रस्ताव फेल बनाउछौं ।”

प्रेस चौतारी नेपाल दाङले घोराहीमा सोमबार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै सो चेतावनी दिनुभएको हो । उहाँले कार्यक्रममा संविधान संसोधन प्रस्तावविरुद्ध आफूहरुको बहुमत रहेको पनि बताउनुभयो ।

“सशोधन प्रस्ताव फेल बनाउन संसदमा १ सय ९६ मतको आवश्यक पर्दछ । हामीसँग अहिले २ सय मत छ, उहाँले बताउनुभयो –सरकारमा सहभागी दलका नेताहरु नै विपक्षमा मत हाल्ने भन्दै हुनुहुन्छ, त्यसैले पनि हामी अहिले यो अवस्थामा विधिसम्वत तरीकाले प्रस्ताव फेल बनाउछौं ।”

त्यस्तै उहाँले माओवादीले मुलुकको संघीयतालाई धरापमा पार्ने काम गरेको बताउनुभयो ।। कटवाल प्रकरणमा माओवादीले त्यो समयमा विवेक नपु¥याउँदा लज्जास्पद हार बेहोर्नुपरेको थियो ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!