Sep 28, 2023

युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीमाथि गोली प्रहार, फरारको खोजीकार्य तीव्र

Dec 19 , 2016


पुस ४, बुटवल । नेकपा एमाले निकट युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीमाथि आज दिउँसो देवदह नगरपालिकाको खैरेनी बजारमा गोली प्रहार भएको छ ।

सो घटनामा अध्यक्ष तिवारी घाइते भएका छन् । प्रहरीका अनुशार रातो पल्सर मोटरसाइकलमा चढेर आएका दुईजना व्यक्तिले अध्यक्ष तिवारीमाथि गोली प्रहार गरेका थिए ।

गोली हानेर फरार भएका दुई जनाको खोजी कार्य तीव्र पारिएको डिएसपी बेलबहादुर पाण्डेले बताउँनुभयो ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!