Sep 26, 2023

बार्सिलोनाले स्पानियोललाई हराउँदै दोस्रो स्थानमा उक्लियो

Dec 19 , 2016

neymar-lionel-messi-luis-suarez-fc-barcelona-espanyol-05082016_1926glccbhsv413b95v9n4gsdf
४ पुस, काठमाडौं । स्पेनिस ला लिगा फुटबलअन्तर्गत बार्सिलोनाले स्पानियोललाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गरेको छ । आइतबार राति घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले स्पानियोललाई पराजित गरेको हो ।

बार्सिलोनाका लागि पहिलो हाफको १८ औं मिनेटमा स्वरेजले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ६७ औं मिनेटमा स्वरेजले अर्को गोल थपे । त्यसको १ मिनेटलगत्तै अल्बाले गोल गर्दा बार्सिलोना ३–० ले अगाडी बढ्यो ।

स्पानियोलका लागि ७९ औं मिनेटमा लोपेज गोल गरे । त्यसैगरी खेल सकिन लाग्दा ९० औं मिनेटमा लियोनल मेसीले गोल गरेपछि बार्सिलोना ४–१ ले विजयी भयो ।

बार्सिलोनाको यो जितसँगै उसको १६ खेलबाट ३४ अंकसहित अंकतालिकाको दोस्रो स्थानमा छ । त्यस्तै एक खेल कम खेलेको रियल मड्रिड ३७ अंकसहित अंकतालिकाको शिर्ष स्थानमा रहेको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!