Sep 24, 2023

म क्यान्सरमुक्त भए : कांग्रेस नेतृ सुजता

Dec 18 , 2016

पुस ३ , काठमाडौं । सिंगापुरमा क्यान्सरको उपचार गरेर हालै स्वदेश फर्कनुभएका पूर्वउपप्रधानमन्त्री तथा नेपाली कांग्रेसकी नेतृ सुजता कोइरालाले आफू क्यान्सरमुक्त भएको बताउनुभएको छ ।

उहाँलाई पहिलो स्टेजको ब्रेस्ट क्यान्सर भएपछि उपचारका लागि सिंगापुर जानुभएको थियो । स्वास्थ्यमा सुधार आएपछि अहिले उहाँ घरमै आराम गरिरहनुभएको छ । उहाँले आइतवार आफ्नो फेसबुकमा लेख्नुभएको छ –‘भगवानको आर्शिवाद र यहाँहरुको शुभेच्छाले म क्यान्सर मुक्त भएको छु र चाँडै नै सार्वजनिक जीवनमा फर्कनेछु ।

त्यस्तै उहाँका निजी सहयोगी लक्षण थपलियाले स्वास्थ्यमा  सुधार आएको तर एक  फेरी एक महिनापछि पुनः परिक्षणका लागि उहाँलाई सिंगापुर जानुपर्ने बताउनुभएको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!