नेपालद्धारा मलेसिया पराजित
Dec 18 , 2016

३ पुस, काठमाडौं । यू–१९ एसिया कपअन्तर्गत नेपालले आफ्नो अन्तिम खेलमा मलेसियालाई पराजित गरेको छ ।
लगातार दुई हारपछि समूह चरणबाटै बाहिरिएको नेपालले आफ्नो अन्तिम खेलमा मलेसियामाथि एक विकेटको जित हात पारेको हो । १ सय ५४ रनको लक्ष्य पाएको नेपालले आफ्नो ९ विकेट गुमाउँदै लक्ष्य भेट्टायो ।
नेपालको जितका लागि अनिल साहले ३२, अभिनाष कर्णले २९ र दिपेन्द्र सिंह ऐरीले २२ रन जोडे ।
Facebook Notice for EU!
You need to login to view and post FB Comments!